+
+

कांग्रेसको बागमती प्रदेश अधिवेशनमा कुन पक्षबाट को को उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १७ गते १४:२८

१७ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत बागमती प्रदेश अधिवेशनमा संस्थापन र संस्थापन इतर समूहले टिम घोषणा गरेका छन् ।

सभापति शेरबहादुर देउवा पक्षबाट इन्द्रबहादुर बानियाँ र संस्थापन इतर समूहबाट जगदिश्वर नरसिंह केसीले सभापतिमा उम्मेदवारी दिने पक्का भएको छ । प्रदेश कार्यसमितिका लागि शुक्रबार मनोनयन दर्ता र शनिबार मतदानको कार्यतालिका छ ।

कुन पक्षबाट को को छन् उम्मेदवार ?

संस्थापन पक्ष

संस्थापन पक्षबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ (भक्तपुर) र धर्मराज गौतम (काठमाडौं), महामन्त्रीमा राजु श्रेष्ठ( काठमाडौं) र तिलक रुवाली (धादिङ), सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ (सिन्धुपाल्चोक), महेन्द्र थिङ (नुवाकोट) र निरु खड्का (ललितपुर) उम्मेद्वार रहनेछन् ।

संस्थापन इतरपक्ष

संस्थापन इतर पक्षबाट उपसभापतिमा मोहन बस्नेत र राजेन्द्र बुर्लाकोटी, महामन्त्रीमा रामचन्द्र अर्याल माइकल, कचन चन्द्र बादे उम्मेदवार बन्ने भएका छन् । त्यस्तै सह-महामन्त्रीमा जीवन डंगोल, दिलबहादुर तामाङ र ऋषिराम घिमिरे उम्मेदवार बन्ने भएका छन् ।

बागमती प्रदेशमा पदाधिकारीसहित ९१ सदस्यीय कार्यसमिति चयन हुनेछ । प्रदेश कार्यसमिति चयनका लागि २,१३७ जना प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?