+
+

तनावपूर्ण खेलमा च्यासल र एनआरटीले बाँडे अंक

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १८ गते २०:२४

१८ मंसिर, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगमा शनिबार भएकाे खेलमा च्यासल युथ क्लब र एनआरटीले १-१ काे बराबरी खेल्दै अंक बाँडेका छन् । दाेस्राे हाफमा तनावपूर्ण बनेकाे खेलमा एनआरटीले एक गाेलले पछि परेर बराबरी गाेल फर्काएकाे हाे । पहिलाे हाफमा एनआरटीले खृलमा दबाब बनाएपनि च्यासलले अग्रता लिएकाे थियाे ।

खेलकाे ४३औं मिनेटमा रुमेश बर्ताैलाले गाेल गर्दै च्यासललाई अग्रता दिलाए । कमल श्रेष्ठकाे कर्नरमा एनआरटीका खेलाडीले बल क्लियर गर्न नसकेपछि रुमेशले भलिमार्फत गाेल गरे ।

पहिलाे हाफमा २१औं मिनेटमा एनआरटीका दर्शन गुरुङले अशाेक थापाकाे क्रसमा ट्याप इन गर्न नसक्दा अग्रता लिन बाट अवसर गुमाएकाे थियाे ।

दाेस्राे हाफमा एनआरटीले बराबरी गाेल फर्कायाे । ७८ औं मिनेटमा दीपेश आलेले एनआरटीका लागि बराबरी गाेल फर्काए । उनले मैदान प्रवेश गरे लगत्तै गाेल गरे । यसमा उनीसँगै मैदान प्रवेश गरेका अर्का खेलाडी रन्जन विष्टकाे पनि याेगदान रह्याे ।

त्यसपछि भने च्यासलका खेलाडीले रेफ्रीकाे निर्णयमा असन्तुष्टी जनाउन थाले । त्यसपछि खेलमा तनाव उत्पन्न हुन थाल्याे । दुवै टनेलीका खेलाडीहरुले नाटकिय व्यवहार गर्न थाले । त्यसपछि गाेल भएन र दुवै टिमले १-१ अंक बाँडे ।

च्यासलले ३ खेलबाट ४ अंक जाेडेकाे छ । उता एनआरटीले भने लगातार दाेसाे बराबरीपछि ३ खेलबाट २ अंक जाेडेकाे छ ।

एनआरटीका प्रशिक्षक राजुकाजी शाक्यले शनिबारको खेल राम्राे खेलेपनि समयमा स्काेर नहुँदा ३ अंक लिने लक्ष्य पूरा नभएकाे र एक अंकमा चित्त बुझाउनुपरेकाे बताए ।

उता च्यासलका प्रशिक्षक बालगाेपाल साहुखलले टिमकाे प्रदर्शनबाट सन्तुष्ट भएकाे र फरवार्ड लनइनमा अझ सुधार गर्नुपर्ने बताए । एनआरटीले फेयर प्लेकाे अवस्थालाई बिगार्दा मैदानमा नदेखिनुपर्ने सिन देखिएकाे उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?