१९ मंसिर, काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भएको चलचित्र ‘बाबरी’को छायांकन सकिएको छ ।
चलचित्रको छायांकन निषेधाज्ञाअघि नै शुरु भएको थियो । तर, केही दिन चलचित्रको छायांकन गर्न नपाउँदै निषेधाज्ञा लागू भएपछि काम रोकिएको थियो । निर्माणपक्षले चलचित्रको छायांकन ३८ दिनमा सकिएको बताएको छ । यो चलचित्रलाई मोरङ, झापा, सिक्किम लगायतका स्थानमा गरिएको छ ।
यो चलचित्रमा नायक धिरज मगर, नायिका अदिती बुढाथोकीको साथमा नवकलाकार धिरज टोट्लानी मुख्य भूमिकामा छन् । चलचित्रले त्रिकोणात्मक प्रेमकथालाई उठान गरेको छ ।
अदितीले चलचित्र ‘कृ’मा काम गरेको केही वर्षपछि होम प्रोडक्सनको ‘बाबरी’मा काम गरेकी हुन् । धिरजसँग भने उनको पहिलो सहकार्य हो ।
निर्माणपक्षले चलचित्रको कुनै पनि तस्वीर सार्वजनिक गरेको छैन । चाँडै नै चलचित्रको फस्टलुकको साथमा प्रदर्शन मिति तय गरिने निर्माणपक्षले बताएको छ ।
प्रतिक्रिया 4