+

एसियाली युथ पारा टोलीलाई विमानस्थलमा स्वागत

२०७८ मंसिर  २२ गते ७:१५ २०७८ मंसिर २२ गते ७:१५
एसियाली युथ पारा टोलीलाई विमानस्थलमा स्वागत

२२ मंसिर, काठमाडौं । बहराइनको मानामामा सम्पन्न एसियाली युथ पारा गेम्समा पदक जित्न सफल तेक्वान्दो खेलाडीसहितको टोलीलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

नेपालबाट २ खेलका ४ खेलाडीले गेम्समा प्रतिस्पर्धा गरेका थिए । तेक्वान्दोका ३ र ब्याडमिन्टनका १ गरी ४ खेलाडीले सहभागिता जनाएका थिए । त्यसमा तेक्वान्दोले समान १–१ स्वर्ण, रजत र कांस्य जित्न सफल भएको थियो । टोकियो पारा ओलम्पियन पलेशा गोबद्र्धनले स्वर्ण, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य जितेका थिए ।

ब्याडमिन्टनका एक्लो सहभागी प्रकाश अधिकारी पनि पदक नजिक पुगेका थिए । उनले क्वाटरफाइनल यात्रा तय गरेका थिए । क्वाटरफाइनलमा प्रकाश दक्षिण कोरियाका खेलाडीसँग पराजित भएपछि पदकबाट चुके । पारा तेक्वान्दो प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल– २ प्रशिक्षक कविराज नेगी लामा र टोली नेतामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य नन्दा बस्याल गेम्समा सहभागी थिए ।

स्वागत कार्यक्रममा पलेशाले टोकियो पारा ओलम्पिकको सहभागिता र तयारीको अनुभवले युथ पारा गेम्समा पदक जित्न ठूलो सहयोग गरेको बताउदै सहयोगी सबैप्रति अभार प्रकट गर्दै धन्यवाद दिइन् ।

टोलीलाई राखेपका सदस्य एकेन्द्र कुँवर, नेपाल तेक्वान्दोका संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङ, नेपाल खेलकुद महासंघका अध्यक्ष रमेश पौडेल, उपाध्यक्ष सुभाष श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, परिवारजन, खेलाडीलगायतले स्वागत गरेका थिए ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय