+
+

कांग्रेस महाधिवेशनको उद्घाटन समारोह LIVE

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २४ गते १४:४५

२४ मंसिर, काठमाडौ । नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको छ ।

‘उत्साह, एकता, रुपान्तरण : सफल बनाऔं नेपाली कांग्रेसको १४ औं महाधिवेशन’ भन्ने मूल नाराका साथ शुरु भएको महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, नेकपा (माले)का महासचिव सीपी मैनाली सहितका नेताहरु सहभागी भएका छन् ।

त्यस्तै भारतलगायत विभिन्न देशबाट त्यहाँका राजनीतिक दलका नेताहरु पनि कांग्रेस महाधिवेशनलाई शुभकामना दिन आएका छन् । भृकुटीमण्डपमा शुरु भएको महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न सांस्कृतिक झलकहरु पनि प्रदर्शन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?