+
+

देउवाले भेटे पौडेललाई

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २६ गते ८:२७

२६ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेललाई उनकै निवास पुगेर भेटेका छन् । प्रधानमन्त्री देउवा र पौडेलबीच पौडेल निवास बोहोराटारमा गएराति ९ बजेतिर भेट भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।

भेटमा देउवाले ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ, राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस्’ भनेको पौडेल निकट स्रोतले बतायो ।

जवाफमा पौडेलले महाधिवेशनमा आफ्नो सिद्धान्त र आदर्श विपरीत अस्वस्थ प्रतिष्पर्धा हुने देखेर महाधिवेशनको प्रक्रियाबाट बाहिरिएको बताएका थिए । महाधिवेशनमा प्रतिष्पर्धामा रहेकाहरुलाई स्वस्थ प्रतिस्पर्धा गर्न र कांग्रेसलाई कांग्रेस जस्तो बनाउन पनि पौडेलले भनेको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?