+
+

ए डिभिजन लिग : मनाङ र पुलिस पोखरा प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २९ गते १२:२०

२९ मंसिर, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको इतिहासमै पहिलो पटक काठमाडौं बाहिर खेल हुने पक्का भएपछि मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लब बुधबार पोखरा प्रस्थान गरेका छन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले लिगका खेललाई मोफसलमै पनि लैजाने उदेश्यसहित यस पटक मनाङले पोखरा रंगशालमा तीन खेल खेल्ने भएको हो ।

मनाङले पोखरा रंगशालालाई होम ग्राउण्ड पनि बनाएको छ । त्यही मैदानमा मनाङले पुस तीन गते नेपाल पुलिससँग लिगको पाँचौ चरणको खेल खेल्नेछ ।
मनाङ र पुलिसको टिम बुधबार बिहान सडकमार्ग हुँदै पोखरा प्रस्तान गरेका हुन् ।

मनाङ र पुलिसबीच पोखरा रंगशालमा हुने खेल ए डिभिजन लिगको ऐतिहासिक खेल हुनेछ । किनकि यो काठमाडौं बाहिर भएको पहिलो ए डिभिजन लिग खेल हुनेछ ।

चौथो चरणसम्मको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको थियो । यस पटक मनाङले खेल्ने पाँचौ, सातौं र आठौं चरणको खेलहरु भने पोखरामा हुनेछ ।

मनाङले सातौं चरणमा ब्रिगेड ब्वाइज क्लबसंग पुष १७ र आठौं चरणमा च्यासल युथ क्लबसँग पुस २४ मा पोखरा मैदानमा खेल्नेछ ।

नेपाल पुलिससँग खेले पनि मनाङ काठमाडौं फर्कनेछ । मनाङले छैटौं चरणमा साविक विजेता मछिन्द्र फुटबल क्लबसँग दशरथ रंगशालमै पुष १० गते खेल्नेछ ।

मनाङ अपराजित रहँदै ४ खेलबाट १० अंक जोडेर अंकतालिकामा दोस्रो स्थानमा छ । समान १० अंक जोडेको मछिन्द्र गोल अन्तरमा आधारमा शीर्ष स्थानमा छ । नेपाल पुलिस पाँच अंकसहित आठौं स्थानमा छ ।

पोखरामा हुने खेलका लागि सम्पूर्ण खर्च मनाङले नै बेहोर्ने मनाङ मर्स्याङ्दी क्लबका उपाध्यक्ष विजय घलेले जानकारी दिए । एन्फा केन्द्रीय सदस्यसमेत रहेका घलेले स्थानीय निकाससँग पनि सहयोगका लागि छलफल भइरहेको बताए । पोखरा मैदानमा हुने खेलका लागि १ सय र ३ सय टिकल मूल्य तोकिएको घलेले बताए ।

एन्फाले पोखरामा हुने खेलअघि बुधबार दिउँसो पोखरामा पत्रकार सम्मेलन समेत राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?