+

चार क्रिकेटरलाई कारबाही गर्ने निर्णयमा ६ जना बोर्ड सदस्यको नोट अफ डिसेन्ट

२०७८ मंसिर  २९ गते १९:१२ २०७८ मंसिर २९ गते १९:१२
चार क्रिकेटरलाई कारबाही गर्ने निर्णयमा ६ जना बोर्ड सदस्यको नोट अफ डिसेन्ट

२९ मंसिर, काठमाडौं । कप्तान र उपकप्तानसहित चार क्रिकेटरमाथि कारबाही गर्ने निर्णयमा नेपाल क्रिकेट संघ (क्यान) का ६ बोर्ड सदस्यले नोट अफ डिसेन्ट लेखेका छन् ।

क्यानको बुधबार बसेको बोर्ड बैठकले ज्ञानेन्द्र मल्ललाई कप्तान र दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानबाट हटाएको छ । साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्रयाकमा शुरुको ६ महिना नराख्ने निर्णय गरेको छ ।

बैठकको निर्णयमा बोर्डका ६ जना सदस्यले भने फरक मत राखेका छन् । बोर्डको निर्णयमा ऋषिराम गौतम, दाउद अन्सारी, करण महतरा, अमितबाबु पाण्डे, छुम्बी लामा र सञ्जय सिंहले नोट अफ डिसेन्ट लेखेका हुन् ।

‘कारबाही निकास होइन, ग्लोबल क्वालिफायर, क्रिकेट बर्ल्डकप लिग–टू जस्ता महत्वपूर्ण प्रतियोगिता खेल्नुपर्नेछ भन्यौं तर उहाँहरुले मान्नु भएन,’ बोर्ड सदस्य छुम्बी लामाले भने, ‘यो निर्णय गलत छ, यसले नेपाली क्रिकेटको हित हुँदैन ।’

ज्ञानेन्द्र मल्ल नेपाल क्रिकेट संघ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय