+
+

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १ गते ८:२५

१ पुस, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको छ।

आयोगले बिहीबार सार्वजनिक सूचना जारी गरेर निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको हो । दल दर्ताको म्याद पुस १० गतेसम्म छ ।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ १२ गते गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ ।

पुस २० गते राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी दर्ताको कार्यक्रम छ । २१ गते उम्मेदवारीमा दाबी विरोधको उजुरी दिने, २२ र २३ गते उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाइएको छ ।

सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र तोकिएका मतदान केन्द्रमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?