+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
७२ बलमा १२२ रन आवश्यक
चितवन राइनोज 2025
48/3 (7.6)
Shares

बौद्धबाट गैंडाको खागसहित ६ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ५ गते १७:३८
फाइल तस्वीर

५ पुस, काठमाडौं । प्रहरीले गैंडाको १ किलो १० ग्राम खागसहित ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काभ्रे बेदान गाउँपालिका-४ बस्ने ४१ वर्षीय वीरमान तमाङ, काभ्रे पाँचखाल नगरपालिका-६ बस्ने ४२ वर्षीय बेद बहादुर दनुवार, पाँचखाल नगरपालिका-३ घर भई सोही नगरपालिका-४ बस्ने ३१ वर्षीय सोहन कार्की रहेका छन् ।

यस्तै पाँचखाल बस्ने २० वर्षीय नवराज गिरी, काठमाडौं बौद्ध बस्ने सिन्धुली घर भएका ४१ वर्षीय भिम बहुर थिङ, भक्तपुर तेजबिनायक गठ्ठाघर बस्ने काभ्रे खानिखोला गाउँपालिका-५ घर भएका ३२ वर्षीय भिम तमाङलाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

गैंडाको खाग अवैध रुपमा बिक्री बितरण भइरहेको भन्‍ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धानका लागि सोमबार डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?