+
+

सेन्ट्रल जोन भलिबल : नेपालले महिलातर्फ माल्दिभ्स र पुरुषतर्फ उज्वेकिस्तानसँग खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते १०:१५

९ पुस, काठमाडौं । बंगलादेशको ढाकामा भइरहेको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल च्यालेन्ज कपमा आज पनि नेपालको महिला  र पुरुष दुवै टिमले खेल्दै छन् ।

नेपाली महिला राष्ट्रिय टिमले आज माल्दिभ्ससँग खेल्नेछ । पहिलो खेलमा श्रीलंकाविरुद्ध पुनरागमन जित हात पारेको नेपाल लगातार दोस्रो जित निकाल्ले योजनामा छ । नेपालले पछिल्लो पटक २०१९ मा भएको सेन्ट्रल जोनमा माल्दिभ्सलाई लिग र फाइनलमा गरी दुई पटक पराजित गरेको थियो ।

नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार बिहान ११:१५ बजे सुरु हुनेछ ।

बिहीबार भएको पहिलो खेलमा नेपालले श्रीलंकालाई दुई सेटले पछि परेको स्थिति उल्टाएर ३-२ ले खेल जितेको थियो ।

प्रशिक्षक जगदिश भट्टले पहिलो खेल भएको र श्रीलंकालाई पनि हराउनैपर्ने खेल भएकाले दबाबमा खेल्नुपरेको बताएका थिए । उनले माल्दिभ्सविरुद्ध सुधारिएको खेल खेल्ने बताए ।

श्रीलंकाविरुद्ध डेब्यु गरेका शान्ती थारुले उत्कृष्ट प्रदर्शन गरेका थिए । यस्तै कामना विष्टले पनि यही खेलबाट डेब्यु गरिन् । नेपाली टिममा रहेका ३ नयाँ खेलाडीमध्ये अब लक्ष्मी चन्दले मात्र डेब्यु गर्न बाँकी छ ।

महिलातर्फ ६ टोलीले राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । साविक विजेता नेपालले उपाधि रक्षा गर्ने लक्ष्य सहित खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?