+
+

सेन्ट्रल जोन पुरुष भलिबलमा उज्वेकिस्तानमाथि नेपालको सानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ९ गते २०:१६

९ पुस, काठमाडौं। बंगलादेशमा भइरहेको एसियन एसियन सिनियर सेन्ट्रल जोन पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले उज्वेकिस्तानमाथि सानदार जित हात पारेको छ ।

बंगलादेशको ढाकामा शुक्रबार भएको खेलमा नेपालले एक सेटलले पछि परेको अवस्थामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उज्वेकिस्तानलाई ३-१ को सेटमा पराजित गर्दै पहिलो जित निकालेको हो ।

बलियो मानिएको टिम उज्वेकिस्तान विरुद्ध पहिलो सेट नेपाल १८-२५ ले गुमाएको थियो । तर त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै नेपालले लगायत तीन सेट जित्यो ।

दोस्रो सेटमा नेपालले सुरुवात देखि नै अग्रता बनायो र २५-२१ले जित्दै खले १-१ को बराबरी अवस्थामा पुर्‍यायफो । तेस्रो सेट पनि २५-२१ ले नै जित्दै नेपालले खेलमा अग्रता लियो । लगातार दुई सेट जितेर उच्च मनोबलका साथ खेलेको नेपालले चौथो सेट २५-२३ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो ।

खेलमा नेपालका धन बहादुर प्लेयर अफ दि म्याच चुनिए ।

पहिलो जितपछि नेपालले २ खेलबाट ३ अंक जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल घरेलु टोली बंगलादेशसँग सोझो सेटमा पराजित भएको थियो ।

राउण्ड रोविनका आधारमा भइरहेको प्रतियोगितामा नेपालले तेस्रो खेलमा शनिबार श्रीलंकाको सामना गर्नेछ भने अन्तिम खेलमा आइतबार माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?