+
+

एपीएफले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते १४:२९

११ पुस, धनगढी । धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफ क्लबले जितेको छ । आइतबार फाप्ला क्रिकेट मैदानमा प्रदेश १ लाई ७ विकेटले पराजित गर्दै एपीएफले उपाधि जितेको हो ।

प्रदेश १ ले दिएको ६८ रनको लक्ष्य एपीएफले १४ दशमलव २ ओभरमा ३ विकेट क्षतिमा भेट्टायो । एपीएफका लागि ओपनर ज्योति पाण्डेयले अविजित ३७ र ममता चौधरीले १७ रन बनाइन् । शुरुमा ७ रन जोड्दा दुई विकेट गुमाएको एपीएफले ज्योति र ममताको साझेदारीपछि जित हासिल गरेको हो ।

प्रदेश १ का लागि कप्तान रुविना क्षेत्रीले ३ विकेट लिइन् ।

टस हारेर पहिले ब्याटिङ गरेको प्रदेश १ का लागि कप्तान क्षेत्रीले ३४ रन जोडिन् भने अप्सरी बेगमले ११ रन बनाइन् । अन्य खेलाडीले भने दोहोरो अंक छुन सकेनन् ।

एपीएफका लागि सीता राना मगरले ३ र रेखा रावलले २ विकेट लिएकी थिइन् । उपाधि विजेताले एपीएफले ५ लाख र उपविजेता प्रदेश १ ले ३ लाख रुपैयाँ पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?