+
+

नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो छ : एमाले महासचिव

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ११ गते २०:३३

११ पुस, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपाको एकता जोगाउन नसकेकोमा पछुतो रहेको बताएका छन् ।

आइतबार शुरु भएको माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिएका कारण पार्टी एकता जोगाउन नसकेको बताए ।

‘नेकपालाई रक्षा गर्न सकेनौं । किन गर्न सकेनौं ? कसैले कसैलाई दोष दिएर उम्कन सकिन्छ ? किनकी हामी हाम्रा मान्यताहरुमा, लक्ष्यहरुमा आफूलाई केन्द्रित गर्न सकेका छैनौं,’ उनले अघि भने, ‘हामी कार्यनीति र स्वार्थका प्रश्नमा अल्झिाका कारण महान उद्देश्यहरुमा पछाडि परेका छौं ।’

यद्यपि एमाले र माओवादीको एकताका लागि आफूहरुले गरेको प्रयास इमान्दार भएको उनले बताए । पोखरेलले भने, ‘नेकपा गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो, तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’

एमाले महासचिव पोखरेलले माओवादीतर्फ इंगित गर्दै आजको परिर्वतनलाई कुनै दल विशेषको उपलब्धीका रुपमा चित्रण गर्नु इतिहासप्रति अन्याय हुने बताए । यो सामूहिकताको परिणाम भएको बताए ।

यसलाई कुनै दल विशेषको भन्दा आफूले आफैंलाई च्याम्पियन माने पनि यसलाई संस्थागत गर्न नसक्ने उनले बताए । माओवादी केन्द्रले गणतन्त्र, संघीयता, धर्म निपरेक्षता, समानुपातिक समावेशी लगायतका परिर्वतन आफ्नो उपलब्धी भएको दाबी गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?