+
+

कमल थापाले जिते टेनिसमा उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १५ गते २०:२३

१५ पुस, पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पोखरामा जारी १८ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा ५५ वर्षमाथिको डबल्समा उपाधि जितेका छन् ।

उनी र झ्याम्पा ढुण्डुपको जोडीले कृष्ण घले र राजु श्रेष्ठको जोडीमाथि संघर्षपूर्ण जित निकालेको हो ।

उनीहरुले २–६, ६–२ र ११–९ को सेटमा जित निकाले । यसअघि उनी ५५ वर्षमाथिको एकल स्पर्धामा भने थापा कृष्ण घलेसँग पराजित भएका थिए ।

६५ वर्षमाथिको फाइनलमा विदुर विष्टले विष्णु गुरुङलाई ४–०, ४–१ को सोझो सेटमा पराजित गर्दै प्रथम स्थान प्राप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?