
१७ पुस, धनगढी । कैलालीमा प्रहरीले लागुुऔषध मुुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले धनगढीबाट बर्दगोरिया गाउँपालिका–१ का २३ वर्षीय योगेश स्वाँरलाई पक्राउ गरिएको जानकारी दिए ।
लागुुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत कैलालीेले उनलाई गत वैशाख ७ गते ३ महिना २१ दिन कैद फैसला सुुनाएको थियो ।
स्वारलाई पक्राउ गरेर जिल्ला अदालत कैलालीमा पेश गरी कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4