+
+

रेडक्रसको तदर्थ समिति भंग, सरकारले बनायो अर्को समिति

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष १८ गते २०:४१

१८ पुस, काठमाडौं । सरकारले नेपाल रेडक्रस सोसाइटीमा नेत्रप्रसाद तिम्सिना नेतृत्वको तदर्थ समिति भंग गरेर अर्को समिति गठन गरेको छ । पुस १४ गते बसेको मन्त्रिपरिषद बैठकले सुदर्शनप्रसाद नेपाल सभापति रहने गरी २९ सदस्यीय अर्को तदर्थ समिति गठन गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले अदालतको फैसला अनुसार तिम्सिना नेतृत्वको तदर्थ समितिको म्याद सकिएकाले अर्को तदर्थ समिति बनाएको अनलाइनखबरलाई बताइन् । यो तदर्थ समितिको अवधि ३ महिना तोकिएको पनि उनले जानकारी दिइन् ।

विघटित तदर्थ समितिका सभापति तिम्सिनाले आइतबार विज्ञप्ति जारी गरी राष्ट्रिय राजनीतिमा भएको वेथिती र विसंगतिलाई रेडक्रस जस्तो मानवीय संस्थामा प्रवेश गराएर सरकारले बिडम्बनापूर्ण र खेदजनक काम गरेको आरोप लगाए ।

‘अमूक दलहरु विभाजन हुँदा वा गुट र उपगुटमा परिणत हुँदा अभिव्यक्त हुने नेता र कार्यकर्ताको त्तिक्ततापूर्ण सम्वन्धको रिस रेडक्रसमा फेर्ने काम भएको छ’ उनले भने ।

यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले सञ्जीव थापा नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको कार्यसमिति विघटन गरेर तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?