+
+

प्रधानमन्त्रीले एमाले अध्यक्ष ओलीलाई भेटेर संसद अवरोध अन्त्यका लागि आग्रह गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १४:०४

२३ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय संसदको गतिरोध अन्त्यका लागि विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्ने भएका छन् ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय समन्वय समितिको बैठकमा संसदको गतिरोध अन्त्यबारे छलफल भएको थियो । बैठकले एमाले अध्यक्ष ओलीलाई भेटेर गतिरोध अन्त्यका लागि पहल गर्न प्रधानमन्त्री देउवालाई आग्रह गरेको छ ।

एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल भन्छन्, ‘आजभोलि नै प्रधानमन्त्रीले विपक्षी दलको नेतालाई भेट्नुहुन्छ र संसदको अवरोध अन्त्यका लागि आग्रह गर्नुहुन्छ ।’ उनका अनुसार प्रधानमन्त्रीले ओलीलाई भेटेपछि पाँचदलीय समन्वय समितिको बैठक बस्नेछ र संसद कसरी चलाउने भनेर छलफल गर्नेछ ।

बैठकमा राष्ट्रियसभा निर्वाचनबारे छलफल भएको थियो । १२ माघमा हुने निर्वाचनका लागि पाँचदलीय गठबन्धनले सिट भागबण्डा गरेर उम्मेदवारी दर्ता गरेका छन् ।

निर्वाचनलाई लक्षित गरेर जिल्ला जिल्लामा समन्वय समिति बनाउने समेत छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?