+
+

फिल्म नपाएको विषयमा आँचल भन्छिन्- यो विषयमा सोच्नै छाडिसकें

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २३ गते १६:२०

२३ पुस, काठमाडौं । अभिनेत्री आँचल शर्माको व्यस्तता चलचित्रमा अहिले खासै छैन । हालसम्म आधा दर्जन चलचित्रमा मात्र काम गरेकी आँचललाई लकडाउनयता कुनै पनि चलचित्रबाट अफर आएको छैन । बरु, बेलाबखत आँचल आफैंले होम प्रोडक्सनबाट चलचित्र बनाउन लागेको खबर भने बाहिरिने गरेका छन् ।

हालैमात्र एक तेलुगू चलचित्रमा देखिने तयारीमा रहेकी आँचलले नेपाली चलचित्र नेपाली कलाकारले नै नपाउने भन्ने त नहुने तर्क गरिन् । आँचलले भनिन्, ‘लकडाउन भएका कारण पनि मिडियालाई यस्तो भान भएको हुनुपर्छ । नेपाली फिल्म नेपाली कलाकारलाई नै अफर नआउने भन्ने त हुँदैन । फेरि मलाई चलचित्रको अफर गर्नुहोस्, आज साइन गरेर भोलिबाट काम शुरु गरौं भन्ने कुरा पनि यो क्षेत्रमा आउँदैन ।’

आँचलले कहिलेकाहीं चलचित्रको अफर नआउने पनि स्वीकार गरिन् । उनले भनिन्, कहिलेकाहीं कामको अफर नै आउँदैन । अब नआएको बेला काम हुँदैन त के गर्नु ? मैले हिजोआज यो विषयमा सोच्न नै छाडिसकें । कर्ममा विश्वास गर्ने हो । भोलिको दिनमा के हुन्छ भनेर सोचेर बसेर काम छैन ।’

आँचलले लकडाउनअघि चलचित्र ‘झिंगे दाउ’मा काम गरेकी थिइन् । लकडाउनपछि म्युजिक भिडियोमा काम गरेपनि आँचललाई नयाँ चलचित्रको अफर भने कसैले पनि गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?