
२५ पुस, काठमाडौं । ठगी मुद्दामा सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेजका पछिल्ला दिनहरु तनावपूर्ण छन् । हालै मात्र चन्द्रशेखरसँगको एक गोप्य तस्वीर बाहिरिएपछि उनी थप तनावमा परेकी छन् ।
तस्वीर सार्वजनिक भएकोमा दुःख व्यक्त गर्दै ज्याकलिनले एक ‘स्टेटमेन्ट’ समेत जारी गरेकी छन् । ‘यो देश र यहाँका नागरिकहरुले मलाई सधैं माया दिएका छन् । जसमा सञ्चारकर्मी साथीहरु पनि हुनुहन्छ, उहाँहरुले मलाई धेरै सपोर्ट गर्नुभएको छ,’ उनले भनेकी छन्, ‘मलाई विश्वास छ कि मेरो व्यक्तिगत कुरालाई यहाँहरुले भाइरल बनाइदिनुहुनेछैन ।’ उनले आफ्नो गोप्य तस्वीरलाई भाइरल नबनाइदिन सबैसँग आग्रह गरेकी छन् ।
ज्याकलिनको केही समयअघि मात्रै दुई करोड ठगी मुद्दाका मुख्य आरोपी चन्द्रशेखरसँग नाम जोडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4