+
+

अफ्रिकन कप  : क्यामरुनको पुनरागमन जित

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते ८:२०

२६ पुस, काठमाडौं । कप्तान भिनसेन्ट अबुबकाकरदेले पेनाल्टीमा दुई गोल गरेपछि घरेलु टोली क्यामरुनले बुर्किना पँसोविरुद्ध पुनरागमन जितसहित अफ्रिकन कप अफ नेसन्नसमा विजयी सुरुआत गरेको छ ।

आइतबार ओलेम्बे स्टेडियममा भएको उद्घाटन खेलमा क्यामरुनले एक गोलले पछि परेको अवस्थालाई उल्टाउँदै बुर्किनाफासोलाई २-१ ले पराजित गरेको हो ।

खेलको २४औं मिनेटमा गुस्ताभो सांगारेले गोल गर्दै बुर्किनाफासफोलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्तिम पाँच मिनेटमा बुर्किना फासोले दुई पेनाल्टी अवसर दियो ।

खेलको ४०औं मिनेटमा क्यामरुनका अबुबाकरले पेनाल्टीमा गोल गर्दै १-१ गोलको बराबरीमा ल्याए ।

पहिलो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा अबुबाकरले पेनाल्टीबाटै व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफमा दुवै टर्फबाट गोल भएन ।

जितपछि क्यामरुनले समूह ए मा तीन अंक जोडेको छ ।

यस्तै अर्को खेलमा केप भार्डेले इथियोपियालाई १-० ले पराजित गरेको छ । केप भार्डेका लागि जुलियो ताभारेसले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?