+
+

जनवरी १४ देखि ‘पुष्पा’ प्राइम भिडियोमा हिन्दीमा आउने 

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २६ गते १७:५६

२६ पुस, काठमाडौं । साउथ सुपरस्टार अल्लु अर्जुन स्टारर तेलुगू चलचित्र ‘पुष्पाः द राइज’ले बक्स अफिसका साथै ओटीटी प्लेटफर्ममा पनि धमाका मच्चाइरहेको छ ।

जनवरी ७ देखि अमेजन प्राइम भिडियोमा तेलुगू, मलयालम, तमिल र कन्नड भाषामा स्ट्रिमिङ भइरहेको यो चलचित्र यही जनवरी १४ देखि हिन्दी भाषामा पनि रिलिज हुने भएको हो । सुकुमारद्वारा निर्देशित ‘पुष्पा’मा अल्लु अर्जुनका साथमा रश्मिका मन्दानाको पनि मुख्य भूमिका रहेको छ ।

कोरोना भाइरसको तेस्रो लहरका कारण धमाधम सिनेमा हलहरु बन्द भइरहेका बेला ओटीटीमा पनि यो चलचित्रले धमाका मच्चाइरहेको छ ।

आन्ध्र प्रदेश र तमिलनाडुको सीमावर्ती जंगलमा हुने रक्तचन्दन तस्करीको कथामा आधारित ‘पुष्पा’मा एक श्रमिक रक्तचन्दन तस्करीको नाइके बनेको घटनाक्रमलाई उठान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?