+
+

एमाले कास्की अध्यक्षमा पृथ्वीसुब्बा प्यानलका गुरुङ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष २८ गते ७:३२

२८ पुस, पोखरा । नेकपा एमाले कास्की जिल्ला अध्यक्षमा मनबहादुर गुरुङ विजयी भएका छन् । कार्यवाहकसमेत रहेका उनले प्रतिस्पर्धी दामोदर बैरागीलाई चुनावी प्रक्रियामा हराउँदै निर्वाचित भएका हुन् ।

बुधबार बिहान सकिएको अन्तिम मत परिणामअनुसार विजयी मनबहादुर गुरुङले कुल चार ५६ मत ल्याए भने दामोदर बैरागीले चार सय ७ मत ल्याएका छन् ।

शुक्रबारदेखि सुरु भएको जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्न नसकेपछि चुनावी प्रक्रियामा गएको थियो । सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि एमाले कास्कीले पार्टी विधानविपरीत प्यानलै बनाएर चुनावी मैदानमा होमिएका थिए ।

कास्कीमा एमाले गण्डकीका नेताद्वय पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवार खडा गरेका हुन् । विजयी गुरुङ पृथ्वीसुब्बा प्यानल र बैरागी खगराज प्यानलबाट उम्मेदवारी दिएका थिए ।

नेतृत्व छनोट गर्न दुवै समूहबाट लगातार चार दिन छलफल हुँदासमेत सहमति नजुटेपछि मंगलबार बिहानबाट मतदान सुरु भएको थियो । अन्तिम नतिजा अनुसार उपाध्यक्षमा पनि पृथ्वीसुब्बा प्यानलकै तेजनारायण अधिकारी निर्वाचित भएका छन् । उनले ४ सय २१ मत ल्याउँदा खगराज प्यानलका प्रभा कोइरालाले ४ सय १३ मत ल्याएकी छन् ।

तर, अन्तिम मत परिणाम अनुसार सचिव र उपसचिवमा भने खगराज प्यानलले जित निकालेको छ । सचिवमा खगराज प्यानलकै बैनबहादुर क्षेत्रीले ४ सय ७५ मत ल्याउँदा अर्का प्रतिस्पर्धी विष्णुबहादुर केसीले ३ सय ६४ मत ल्याएका छन् ।

त्यस्तै, उपसचिवमा पनि खगराज प्यानलकै दुवै उम्मेदवार निर्वाचित भएका छन् । अन्तिम मत परिणामअनुसार उपसचिवमा दर्शन लामा (५४०) र नवराज ओझा (४४३) विजयी भएका हुन् ।

निर्वाचन समितिका संयोजक सुरेन्द्र थापाका अनुसार एमाले कास्की जिल्ला कमिटी अधिवेशनमा जिल्लाभरबाट ९१९ जना प्रतिनिधि सहभागी थिए भने निर्वाचनमा ८९५ जनाले मात्रै मतदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?