+
+
Shares

नबिल बैंकको ३८ प्रतिशत लाभांश पारित 

सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेल चयन

अनलाइनखबर अनलाइनखबर
२०७८ पुष ३० गते १८:४८

काठमाडौं । नबिल बैंक लिमिटेडको ३७औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
काठमाडौंको दरवारमार्गमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न साधरण सभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३८ प्रतिशत लाभांश (३३.६०५ वोनस शेयर र ४.४०५ नगद लाभांश) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।

आव २०७७÷७८ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा ४ अर्ब ५३ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १५.१९ प्रतिशत र प्रति शेयर आम्दानी रु. ३३.५७ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै रु. २ खर्ब ९१ अर्ब पुर्‍याएको छ । समीक्षा वर्षको मुनाफाबाट प्रस्तावित बोनस शेयर पश्चात बैंकको पुँजी रु. १८ अर्ब ४९ करोड ६१ लाख ८६ हजार ७ सय ४५ पुगेको छ ।

साधारण सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले नेपालको बैंकिङ क्षेत्रलाई आधुनिकीकरण गर्न, देशको व्यवसायीक एवं औद्योगिक गतिविधिलाई गतिशिलता प्रदान गर्न, देशमा रोजगारीका अवसरहरु सिर्जना गर्न नविल बैंकले सहयोगीको भूमिका निर्वाह गर्न तथा सरकारी कोषमा कर मार्फत योगदान पुर्‍याउन सफल भएको बताए ।

बैंकले न्यून कार्बन अर्थतन्त्र, दिगो तथा समतामुलक भविष्यका लागि रणनीतिक रुपमा ग्रिन फाइनान्सिङ, क्लाइमेट चेन्ज फाइनान्सिङमा थप लगानी गर्न प्रतिवद्ध रहेको समेत उनले बताए ।
सभाले आव २०७८/७९ (२०२१/२२) को लागि बाह्य लेखापरीक्षकहरु एसएआर एसोसिएट्स चार्टड एकाउन्टेन्ट तथा पीएनजीपीएनलाई संयुक्त रुपमा लेखापरीक्षकमा पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।

सभाले संस्थापक शेयरधनीबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक समितिको दुई पदका लागि उदयकृष्ण उपाध्याय र उपेन्द्रप्रसाद पौडेललाई निर्विरोध निर्वाचित गरेको थियो ।

साथै, बैंक सञ्चालक समितिको ५८८ औं बैठकले सञ्चालक समितिको अध्यक्षमा पुनः पौडेललाई नै चयन गरेको छ ।

बैंकले स्थापनाकालदेखि हालसम्म १६ अर्ब रुपैयाँ भन्दा बढी रकम देशको राजश्वमा योगदान गरिसकेको जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?