+
+
ए डिभिजन लिग :

फ्रेण्ड्स क्लबलाई हराउँदै आर्मी तेस्रो स्थानमा

शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १ गते १५:३९

१ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा त्रिभुवन आर्मी क्लबले शनिबार फ्रेण्ड्स क्लबलाई ३-१ ले पराजित गरेको छ । यो जितपछि आर्मी संकटा क्लबलाई उछिन्दै लिग तालिकाको तेस्रो स्थानमा उक्लेको छ ।

९ खेलबाट १७ अंक जोडेको आर्मी दोस्रो स्थानको मनाङ मर्स्याङ्दी भन्दा २ अंकले मात्र पछि छ । नवौं चरणसम्म अपराजित आर्मीको पछिल्लो दुई खेलमा यो लगातार जित हो । आर्मीले अहिलेसम्म ४ खेल जित्दा ५ खेल बराबरी खेलेको छ ।

संकटा १४ अंकसहित चौथो स्थानमा छ र संकटाले आजै थ्रीस्टारसंग खेल्दैछ । ८ खेलबाट साविक विजेता मछिन्द्र एफसी २० अंक जोडेर शीर्ष स्थानमा छ ।

नवौं चरणसम्म पनि जितविहीन रहेको फ्रेण्ड्सलाई यो हारले रेलिगेसनको मुख्य दाबेदार बनाएको छ । अब चार खेल खेल्न बाँकी हुँदा फ्रेण्ड्स जम्मा ३ अंकसहित १४ क्लब सहभागी लिगमा पूछारमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको १० औं मिनेटमा जगजित श्रेष्ठले बायाँ भागबाट उत्कृष्ट गोल गर्दै आर्मीलाई अग्रता दिलाएका थिए ।

४४ औं मिनेटमा दिनेश हेम्जनले गोल गरेपछि आर्मीले पहिलो हाफमै २-० को अग्रता बनायो । तर दोस्रो हाफको शुरुमै डिफेण्डरको गल्तीमा जमाउल एन्थोनीले फ्रेण्ड्सका लागि गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपछि ७१औं मिनेटमा सुमन अर्यालले गोल गरेपछि आर्मीले सहज जित हात पार्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?