
५ माघ, मकवानपुर । प्रहरीले चार किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय मनहरी मकवानपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मनहरी गाउँपालिका -९ का ४९ वर्षीय रामबहादुर घलान रहेका छन् ।
प्रहरीले उनको घुम्ती पसलबाट ४ किलो गाँजा बरामद गरेको छ ।
पक्राउ परेका उनीमाथि लागुऔषध सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेको जिल्लाका प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4