+
+

घानामा विस्फाेट, कैयौं घर ध्वस्त, १७ शव भेटिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ ७ गते ७:२२

७ माघ, काठमाडौं । घानाको यपिएट शहरमा भयंकर विस्फाेट भएको छ । विस्फाेटबाट कैयौं भवन भत्किएका छन् ।

घटनास्थलमा १७ वटा शव फेला परेका स्थानीय एक अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यद्यपि प्रहरीले मृत्यु भएकाहरुको संख्याबारे औपचारिक जानकारी दिएको छैन ।

सुनको खानीको रुपमा चिनिने शहरमा विस्फाेट भएको हो । खानीका लागि आवश्यक विस्फाेटक पदार्थ बाेकेको गाडी मोटरसाइकलसँग ठोक्किएपछि विस्फाेट भएको बताइएको छ ।

स्थानीय मिडियाहरुले सार्वजनिक गरेको तस्वीर र भिडियोमा विस्फाेट भएको स्थानमा धूलो र धूवाँको मुस्लो उडेको देखिन्छ । भग्नावशेषमा च्यापिएकाहरुले चिच्याउँदै सहायता मागेको पनि देखिन्छ ।

घानाका राष्ट्रपतिले ट्वीट गर्दै ‘अत्यन्तै दुःखद घटना’ भएको बताउँदै उद्धार तथा राहतका लागि सेना परिचालन गरिएको जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?