
News Summary
Generated by OK AI. Editorially reviewed.- अर्थ मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिलाई आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाट सबै प्रकारको भुक्तानी अनिवार्य विद्युतीय प्रणालीबाट गर्न परिपत्र जारी गरेको छ।
- आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यको बुँदा नम्बर ३३५ अनुसार सबै भुक्तानी विद्युतीय प्रणाली मार्फत गर्नुपर्ने व्यवस्था लागू गरिएको मन्त्रालयले जनाएको छ।
- परिपत्रसँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ।
२९ असार, काठमाडौं । सार्वजनिक निकायबाट हुने सबै प्रकारको भुक्तानी अब अनिवार्य विद्युतीय प्रणालीबाट गर्नुपर्ने भएको छ ।
अर्थ मन्त्रालयले आइतबार सबै मन्त्रालय, नेपाल राष्ट्र बैंक, संस्थान, बोर्ड र समितिका नाममा परिपत्र जारी गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ को सुरु (१ साउन २०८२) बाटै यो व्यवस्था लागू गर्न भनेको हो ।
आव २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार परिपत्र जारी गरिएको मन्त्रालयले जनाएको छ । बजेटको बुँदा नम्बर ३३५ मा अब सबै प्रकारको भुक्तानीलाई अनिवार्य विद्युतीय प्रणाली मार्फत गर्ने उल्लेख थियो ।
यससँगै सरकारी र सार्वजनिक निकायबाट हुने नगद तथा चेकमार्फत हुने भुक्तानी रोकिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4