+
+

पीएसजीमा रामोसको पहिलो गोल

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते ९:५८

१० माघ, काठमाडौं । डिफेण्डर सर्जियो रामोसले पेरिस सेन्ट जर्मेन (पीएसजी)का लागि पहिलो गोल गरेका छन् । रामोसले डेब्यु गोल गरेको फ्रेन्च लिग वान खेलका शीर्ष स्थानको पीएसजीले रिम्सलाई ४-० ले पराजित गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा मार्को भेराट्टीले ४४औं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

पीएसजीले दोस्रो हाफमा तीन गोल थपेको थियो । रामोसले ६२औं मिनेटमा गोल गरे ।

यस्तै रिम्सका वोउट फेसले ६७औं मिनेटमा आत्मघाती गोल उपहार दिए । त्यसपछि ७५ औं मिनेटमा डानिलो परेराले गोल गर्दै पीएसजीलाई ४-० को जित दिलाए ।

जितपछि लिग लिडर पीएसजीले २२ खेलबाट ५३ अंक जोडेको छ । रिम्स २२ खेलबाट २४ अंकसहित १४ औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?