+
+

वेष्ट इन्डिजका अकिलले तोडे सोमपालको कीर्तिमान

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १३:१९

१० माघ, काठमाडौं । नेपाली क्रिकेटर सोमपाल कामीले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा करिब ८ वर्षअघि बनाएको एक कीर्तिमान वेष्ट इन्डिजका स्पिनर अकिल होसेनले तोडेका छन् ।

सोमपालले टि-२० आईमा दशौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक ४० रन बनाउने कीर्तिमान होसेनले तोडेका हुन् । इंग्ल्याण्डविरुद्ध गएराति भएको दोस्रो टि-२० अन्तर्राष्ट्रियमा वेष्ट इन्डिजका होसेनले दशौँ नम्बरमा ब्याटिङ गर्दै अविजित ४४ रन बनाएपछि सोमपालको कीर्तिमान तोडिएको हो ।

अकिल होसेनले १६ बल खेल्दै ३ चौका र ४ छक्का प्रहार गर्दै अविजित ४४ रन बनाएका थिए । अब टि-२०आईमा दशौँ नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने कीर्तिमान हवसेनको नाममा हुनेछ भने सोमपाल दोस्रो स्थानमा हुनेछन् ।

सोमपालले सन् २०१४ नोभेम्बरमा श्रीलंकामा भएको हङकङविरुद्धको खेलमा दशौँ नम्बरमा ब्याटिङ गर्दै ४० रन बनाएर कीर्तिमान बनाएका थिए । सोमपालले ३१ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरेका थिए ।

अकिलले इंग्ल्यान्डविरुद्ध दोस्रो टि-२० आई खेलमा १६ बलमा ३ चौका र ४ छक्कासहित ४४ रनको अविजित इनिङ खेल्दै सोमपालको कीर्तिमान तोडेका हुन् । योसँगै अकिल टि२० आईमा दशौं नम्बरमा ब्याटिङ गर्दै सर्वाधिक रन बनाउने खेलाडी बनेका छन् । यसअघि उक्त कीर्तिमान सोमपाल कामीको नाममा थियो । सोमपालले २०१४ नोभेम्बरमा हङकङविरुद्ध १० औं नम्बरमा ब्याटिङ गर्दै ४० रनका साथ कीर्तिमान बनाएका थिए ।

अकिल होसेनले इंग्ल्याण्डविरुद्ध अन्तिम ओभरअघि १० बलमा १८ रन मात्र बनाएका थिए । तर उनले इंग्ल्याण्डका साविक मोहमदलाई अन्तिम ओभरमा ३ छक्का २ चौका प्रहार गरेपछि कीर्तिमान बनाएका हुन् । त्यसका पनि इनिङ्सको अन्तिम बलमा छक्का प्रहार गरेपछि उनले सोमपालको ४० रनको कीर्तिमानलाई पछि पारेका थिए ।

होसेन र रोमारियो सेफर्डले आक्रमक ब्याटिङ गर्दै ४४/४४ रन बनाए पनि वेष्ट इन्डिज इंग्ल्याण्डसँग १ रनले पराजित भयो । १७२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक ३ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट गुमाएर १७१ रन बनाएको थियो । इंग्लयाण्डका लागि ज्यासन रोयले सर्वाधिक ४५ रन बनाउँदा टम ब्यान्टनले २५, मोईन अलीले ३१ र क्रिस जोर्डनले २७ रन जोडे । वेस्टइन्डिजका फाबिएन एलेन र ज्यासन होल्डरले २–२ विकेट लिए ।

रोमाञ्चक जितपछि इंग्ल्याण्डले पाँच खेलको टि-२० आई सिरिज १-१ को बराबरी गरेको छ । तेस्रो टि-२० खेल बुधबार हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?