+
+

मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १० गते १९:०४

१० माघ, काठमाडौं। मोरङमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । मोरङको उर्लाबारी नगरपालिका-२ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो ।

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार दिउँसो १:२५ बजे मृत्यु भएको हो । प्रतिष्ठानका अनुसार माघ ९ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा श्वासप्रश्वास, मधुमेह र उच्च रक्तचापसम्बन्धी समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?