+

वाटफोर्डको मुख्य प्रशिक्षकमा रोय हडसन

२०७८ माघ  १२ गते १२:५५ २०७८ माघ १२ गते १२:५५
वाटफोर्डको मुख्य प्रशिक्षकमा रोय हडसन

१२ माघ, काठमाडौं । प्रिमियर लिग क्लब वाटफोर्डले रोय हडसनलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ । वाटफोर्डले मंगलबार इंग्ल्यान्डका पूर्वप्रशिक्षक हडसनलाई टिम हेर्ने जिम्मेवारी दिइएको जनाएको छ ।

मुख्य प्रशिक्षक क्लाउडियो रानिएरीलाई बर्खास्त गरेको भोलिपल्टै वाटफोर्डले हडसनलाई नियुक्त गरेको हो । प्रिमियर लिगमा खराब लय कायम रहेपछि वाटफोर्डले मुख्य प्रशिक्षक रेनेरीलाई बर्खास्त गरेको हो ।

७४ वर्षीय हडसनले गत सिजनको अन्त्यमा क्रिस्टल प्यालेस छाडेपछि फेरि प्रिमियर लिगमा फर्केका हुन् । वाटफोर्डले प्रिमियर लिगमा खराब प्रदर्शनपछि रानिएरिलाई सोमबार बर्खास्त गर्दै क्लबको समस्या समाधान गर्न नयाँ प्रशिक्षक आवश्यक रहेको जनाएको थियो ।

हाल लिगको १९औं स्थानमा रहेको वाटफोर्डलाई रेलिगेसनबाट जोगाउनु हडसनको मुख्य जिम्मेवारी रहेको छ । सन् २००२ देखि २००५ सम्म वाटफोर्डकै प्रशिक्षक रहेका रे लेविनटनलाई हडसनको सहायकको रुपमा नियुक्त गरिएको क्लबले जनाएको छ ।

वाटफोर्डको प्रशिक्षकको रुपमा हडसनको पहिलो खेल बर्नलीसँग फेब्रुअरी ५ मा हुनेछ ।

प्रशिक्षक फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय