+
+

केकीसँग युगलकोे ‘सिंगौरी ४’

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १४ गते १८:५८

गीतकार एवं संगीतकार शशी गुरुङ वाङदेलले पुर्बेली भाका संकलन गरेर तयार पारेको ‘सिंगौरी ’ले युटुबमा साढे २ करोड भ्यूज पाइसकेको छ । उनै गीतकारले ‘सिंगौरी २ र ३’पछि यसकोे चौथोे सिरिज पनि तयार पारेका छन् । ‘सिंगौरी ४’को अधिकार भने निर्देशक युगल पोमोेले खरिद गरेर तयार पारेका हुन् ।

यसपटक भने निर्देशक पोमोले भिडियो निर्माणको जिम्मा निर्देशक कमल राइलाई दिएका छन् । भिडियोमा युगलले नायिका केकी अधिकारीसँग रोमान्स गरेका छन् । त्रिकोणात्मक प्रेम कथामा तयार भएको भिडियोमा ह्यार योन्जनको पनि अभिनय छ ।

सुमित गुरुङको कोरियोेग्राफी, उत्सव दाहालको छायांकन रहेको भिडियोमा अनिलकुमार महर्जनको सम्पादन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?