+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

बिइङ ह्युमन नेपालका सञ्चालक लागूऔषध मुद्दामा जोडिए

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ १७ गते १८:१६

१७ माघ, काठमाडौं। बिइङ ह्युमन क्लोथिङ नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेल लागूऔषध सम्बन्धी कसूरमा पनि मुछिएका छन् ।

प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा, बानेश्वरले राजश्व छली गरी ल्याइएका मदिरासहित बख्रेललाई पक्राउ गर्दा उनी लागूऔषध मुद्दाको पनि फरार प्रतिवादी भएको खुलेको हो ।

बलिउड अभिनेता सलमान खानको च्यारिटी कम्पनीले चलाएको बिइङ ह्युमन क्लोथिङ नेपालमा राजु थापाले चलाउँदै आएका थिए । हालै यसको स्वामित्व बख्रेलले लिएको अधिकारीहरु बताउँछन् ।

महाशाखाका प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद कोइरालाका अनुसार बख्रेल लागूऔषध सम्बन्धी दुई वटा कसूरमा जोडिएका छन् ।

‘एक वर्षपछि करीव १५ लाख ट्याब्लेट ट्रामाडोल बरामद हुँदा उनलाई औषधि व्यवस्था विभागले प्रतिवादी बनाएको थियो’ कोइरालाले भने, ‘लागूऔषध नियन्त्रण ब्यूरोले १५ दिनअघि बरामद गरेको ट्रामाडोल पनि उनको संलग्नता देखिएको छ ।’

ब्यूरोका प्रमुख एसपी जीवन श्रेष्ठका अनुसार महाशाखाले भन्सार छलिको मदिरा सम्बन्धी अपरेशन चलाउनुअगावै ब्यूरोमा ट्रामाडोल सम्बन्धी ‘अपरेशन ट्रामा’ चलिरहेको थियो ।

‘त्यहीबीच लागूऔषध ल्याउने एक जना गाडीका चालकलाई समातेका थियौं, उनी बख्रेलका भाञ्जा रहेछन्’ थापाले अनलाइनखबरसँग भने, ‘उनीमार्फत नै सन्तोषको नाम खुल्यो, उनी कहाँ छन् भनेर खोजी हुँदा महाशाखाले पक्राउ गरेको भन्ने भेटिएको थियो ।’

महाशाखाले थप अनुसन्धानका लागि बख्रेललाई राजश्व अनुसन्धान विभाग, हरिहरभवन पठाएको छ । त्यहाँको कारबाही प्रक्रिया ब्यूरोले बख्रेलमाथि थप अनुसन्धान गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?