+
+
Shares

२२ नागरिक संघसंस्थाले भने : स्थानीय तहको निर्वाचन तत्काल घोषणा गर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १३:३४

२० माघ, काठमाडौं । विभिन्न नागरिक संघसंस्थाहरूले स्थानीय तहको निर्वाचन अविलम्ब घोषणा गर्न सरकारसँग माग गरेको छ ।

गैर सरकारी संस्था महासंघ, नेपाल पत्रकार महासंघ, सामुदायिक वन उपभोक्ता महासंघलगायतका २२ वटा संघसंस्थाले संयुक्त विज्ञप्ति जारी गरी निर्वाचित प्रतिनिधिको अनुपस्थितिमा स्थानीय तह सञ्चालनको हुने प्रावधान कानुनले व्यवस्था नगरेको भन्दै समयमै निर्वाचन गर्नुपर्ने बताएका हुन् ।

‘स्थानीय तहको निर्वाचन मिति अविलम्ब घोषणा गर्न हामी विभिन्न नागरिक संगठन तथा सञ्जालहरू सरकारसमक्ष माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक अभ्यास, मानवअधिकार, सुशासन र आवधिक निर्वाचनप्रति पूर्ण प्रतिवद्ध हुन पनि राजनीतिक दलहरू र सरकार समक्ष आह्वान गर्दछौं ।’

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन ऐन अनुसार आगामी जेठ ५ गतेदेखि स्थानीय तहका जनप्रतिनिधिको पदावधि सकिने बताउँदै आएको छ र उसले जेठ ४ गते चुनाव गर्न सरकारलाई सुझाव दिएको छ ।

विगतमा डेढ दशकसम्म स्थानीय निकाय जनप्रतिनिधिविहीन हुँदा झाँगिएको बेथिति, भ्रष्टाचार र क्षतिबाट पाठ सिक्दै स्थानीय तहहरू जनप्रतिनिधिविहीन हुन दिन नहुने ती संघसंस्थाहरूले बताएका छन् ।

निर्वाचन आयोगले सिफारिस गरेको मितिमा चुनाव घोषणा गर्न सरकारले विलम्ब गर्न सरकारप्रति आशंका भएको पनि विज्ञप्तिमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?