+
+

दराजले घोषणा गर्‍यो ‘सेलिब्रेट लभ’ अभियान

निःशुल्क सिपिंग, उत्कृष्ट ब्रान्डहरुमा डिस्काउण्ट अफर

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २० गते १८:४३

काठमाडौं । नेपालको अनलाइन बजार, दराजले ‘सेलिब्रेट लभ’ अभियान घोषणा गरेको छ । सन् २०२२ को पहिलो अभियानको रुपमा घोषणा गरेको यो अभियान माघ २१ गतेदेखि शुरु हुने कम्पनीले जनाएको छ ।

यस अभियान अन्तर्गत ६० प्रतिशतसम्मको मेगा डिल, कार्ड प्रिपेमेन्टमा १५ प्रतिशत (अधिकतम रु. ७५०) सम्मको छुट, रु. पाँच हजारसम्मको मेगा भौचर, ५० हजार मूल्यको सामान केवल रु. १ मा जित्ने मौका रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यद्यपि, अभियानको शोस्टपर भने मेगा गिभअवे रहेको छ । जहाँ एकजना विजेताले एक लाख २२ हजार रुपैयाँ मूल्य श्री बालाजीको हिराको झुम्का र औंठी जित्ने अवसर रहेको दराजले जनाएको छ ।

अभियान अवधिभर ग्राहकहरूले एपल, रियलमी, बियर्डो, रोटो, एएनएक्स, वाइल्डहर्न, कन्भर्स, मसला बिड्स, अमय्रा फेशन, विक्की स्टेसनर्स, कड़ेंस, एक्स एज, ह्यमुन्ड्स फ्लाइक्याचर, प्याजाइटालिया र थप अरु प्रमुख ब्रान्डको उत्पादनहरूमा ६० प्रतिशतसम्मको मेगा डिलहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । त्यसैगरी, कुन उपहारहरू छनौट गर्ने भन्ने बारे निश्चित नभएका ग्राहकहरूले “ह्यान्ड पिक्ड गिफ्ट्स“ मार्फत सजिलैसँग उत्तम उपहार पाउन सक्नेछन्।

यस अभियानले ग्राहकहरूलाई बैंक कार्ड प्रिपेमेन्टहरू मार्फत थप छुटहरू प्राप्त गर्ने अवसर पनि प्रदान हुने कम्पनीको भनाइ छ। मेगा बैंक, सानिमा बैंक, बैंक अफ काठमाडौँ, एनसीसी बैंक, एनएमबी बैंक, एभरेष्ट बैंक र सनराइज बैंकका कार्ड भएकाहरुले क्रेडिट कार्ड मार्फत १५ प्रतिशत (अधिकतम रु. ७५०) र डेबिट कार्ड मार्फत १० प्रतिशत (अधिकतम रु. ७५०) सम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै यस अभियानमा लोकप्रिय खेल एक रुपैयाँको मध्यमबाट ग्राहकहरुले १ रुपैयाँमा साजुना डायमण्ड झुम्का र एन्कर साउन्डकोर हेडफोन मध्ये कुनै एक पुरस्कार जित्नका लागि सहभागी जनाउन सकिने कम्पनीले जनाएको छ । खेलमा सहभागी हुनका लागि ग्राहकहरुले अनलाइन प्रिपेमेन्टको मध्यमबाट रु. १ प्रिपे गर्नु पर्नेछ। यदि नजितेमा पूर्ण रकम फिर्ता हुनेछ।

दराज प्रयोगकर्ताहरुलाई सेलमा भव्य मनोरन्जन र धेरै उपहारहरु जित्ने अवसर प्रदान गर्नका लागि चर्चित सेलिब्रेटीहरूको सहभागितामा माघ २३ गते दराज एपमा गाला लाइभ प्रत्यक्ष प्रसारण गर्ने कम्पनीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?