+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

राम्रोसँग ‘लक’ नगर्दा गुणको जहाजको ढोका आकासमै खुलेको निष्कर्ष

अच्युत पुरी अच्युत पुरी
२०७८ माघ २६ गते १९:१०

२६ माघ, काठमाडौं । गत २ माघमा काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजको ढोका आकासमै खुलेपछि आकस्मिक अवतरण गर्नु परेको थियो । यो घटनाबारे छानविन गर्न गठन भएको समितिले आफ्नो प्रतिवेदन बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बुझाएको छ ।

घटनाबारे छानविन गर्न गठन भएको कार्यदलले यस घटनामा मानवीय त्रुटि भएको निष्कर्ष निकालेको छ । ‘क्याविन क्रु’ले  सबै यात्रु चढिसकेपछि ढोका लगाएको तर, ‘ढोका राम्रोसँग लक’ नभएको पाइएको छ ।

यसको जानकारी पाएलगत्तै उडेको ५ मिनेटमै पाइलटले जहाजलाई काठमाडौं विमानस्थलमै फर्काएका थिए । ‘जहाजमा कुनै प्राविधिक खराबी थिएन’, मन्त्रालय स्रोतले अनलाइनखबरसँग भन्यो, ‘मानवीय त्रुटिका कारण घटना भएको पाइएको छ ।’

उनले थप प्रष्ट पार्दै भने, ‘यो हामीले झोलाको चेन लगाउन भुलेजस्तै घटना हो, लगाए झै लाग्यो तर, पुरै लक भएको अवस्था थिएन ।’

कार्यदलले कम्पनीका सबै कर्मचारीलाई जहाजमा रहेका उपकरणहरुको संचालनबारे रिफ्रेसमेन्ट तालिम दिन समेत सुझाव दिएको छ । ठूलो घटना हुन नपाए पनि इस्यू गम्भीर भएकाले आगामी दिनमा यस्ता घटना नदोहोरिन कम्पनीले कर्मचारीलाई नियमित तालिम दिनुपर्ने छानविन कार्यदलको प्रतिवेदनले सुझाव दिएको छ ।

२ माघका दिन काठमाडौंबाट उडेको जहाज करिव ५ मिनेटमा यात्रु चढ्ने ढोका खुलेपछि काठमाडौं फर्काउनु परेको थियो । घटनाबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले ४ माघमा क्याप्टेन दधिराम निरौलाको संयोजकत्वमा छानविन कार्यदल गठन गरेको थियो । कार्यदलले बुधबार पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई प्रतिवेदन बुझाएको छ ।

लेखक
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?