+
+

ए डिभिजन लिग : दशौं चरणको खेल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ माघ २८ गते १३:०४

२८ माघ, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा दशौं चरणको खेल सुरु भएको छ । झण्डै एक महिनाको ब्रेकपछि लिगका खेलहरू भएको हो । यद्यपि, कोभिड-१९ का कारण स्थगित नवौं चरण अन्तर्गत नेपाल पुलिस र च्यासल बीचको खेल दुई दिन अघि मात्र भएको थियो ।

दशौं चरणको पहिलो खेलमा आज रेलिगेसन ब्याटलमा रहेका दुई टोली ब्रिगेड ब्वाइज क्लब र फ्रेण्ड्स क्लबबीचको खेल दशरथ रंगशालामा सुरु भएको हो ।

अहिलेसम्म जितविहीन रहेको एक्लो टोली फ्रेण्ड्स पहिलो जितको खोजीमा छ । ९ खेलबाट जम्मा ३ अंक जोडेको फ्रेण्ड्स अंकतालिकामा पुछारमा छ । रेलिगेसन जोनबाट जम्मा १ अंक सुरक्षित रहेको ब्रिगेडको लागि पनि यो खेल उत्तिकै महत्त्वपूर्ण छ । ब्रिगेड ६ अंक जोडेर १२औं स्थानमा छ जुन १३औं स्थानको च्यसालभन्दा १ अंकले बढी हो ।

यस पटक लिगमा दुई टोली रेलिगेसनमा पर्ने भएकोले पनि रेलिगेसन ब्याटल रोमाञ्चक बनिरहेको छ । त्यसैले आजको खेल रेलिगेसनबाट जोगिनको लागि हुने भिडन्त हो, भन्न सकिन्छ ।

यस्तै, शुक्रबार पौने ५ बजे सुरु हुने दोस्रो खेलमा त्रिभुवन आर्मी एफसी र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा शीर्ष स्थानको मछिन्द्र एफसीसँगै अपराजित टोलीको रुपमा रहेको आर्मी १७ अंकसहित तेस्रो स्थानमा छ । जावलेखल ८ अंकसहित ११औं स्थानमा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?