+
+

उद्योगले जथाभावी दूधको मूल्य बढाएको भन्दै कारबाही गर्न माग

डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसिएसनलाई कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १ गते १८:२०

१ फागुन, काठमाडौं । जथाभावी दूधको मूल्य बढाएको भन्दै राष्ट्रिय उपभोक्ता मञ्च नेपालले डीडीसी, डेरी उद्योग संघ र नेपाल डेरी एसोसियसनलाई कारबाही गर्न माग गरेको छ ।  मञ्चले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै दूधमा गरिएको मूल्य वृद्धिको विरोध पनि गरेको छ ।

विजडीडीसीले गत बुधबारदेखि र निजी डेरीहरुले आइतबारदेखि लागू हुने गरी दूधको मूल्य लिटरमा ९ देखि १४ रुपैयाँसम्म बढाउने निर्णय गरेका थिए ।

सर्वसाधरण किसानले बिक्री गर्ने दूधको मूल्य वृद्धि गरिएको भनिए पनि किसानलाई झुक्याउन र उपभोक्तालाई महँगीको मारमा पार्ने गरी दूधको मूल्य निर्धारण गरिएको भन्दै मञ्चले यसलाई गैरजिम्मेवार र बदनियतपूर्ण भनेको छ । निजी क्षेत्र र डीडीसीले सरकारको निर्देशन भन्दा पनि बढी मूल्य तोकेको आरोप मञ्चको छ । बढाएको मूल्य स्पष्ट रुपमा सर्वसाधारण किसानले पाउने ग्यारेन्टी नभएको पनि मञ्चको भनाइ छ ।

हेर्नुहोस् मञ्चको विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?