
काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडले गोरखाको सिरानचोक गाँउपालिका–५ स्थित चित्रेपोखरीमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै सिरानचोक शाखाको मातहतमा रहनेगरी एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
५०औं एक्सटेन्सन काउन्टरको रुपमा सञ्चालनमा ल्याइएको सो काउन्टरको उद्घाटन नेपाल राष्ट्र बैंकका सञ्चालक समितिका सदस्य रामजी रेग्मीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4