
५ फागुन, काठमाडौं । प्रहरीले नागढुंगास्थित चेकप्वाइन्टबाट ७३८ एम्पुल लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बीरगञ्ज महानगरपालिका -२४ बस्ने २४ वर्षीय सागर पटेल रहेका छन् । पटेललाई नागढुंगा स्थित चेकप्वाइन्टमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा ७३८ एम्पुल लागूऔषधसहित पक्राउ गरेको हो ।
उनको साथबाट प्रहरीले २४६ एम्पुल डाइजेपाम, २४६ एम्पुल नुफिन र २४६ एम्पुल गरी ७३८ एम्पुल लागूऔषध बरामद गरेको छ ।
काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई उनीमाथि महानगरीय प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धन भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4