+
+

धितोपत्र बोर्डका अध्यक्ष हमालले लिए सपथ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ६ गते १९:१३

६ फागुन, काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पद तथा गोपनीयताको सपथ लिएका छन् । अर्थमन्त्री जनार्दन शर्माले शुक्रबार बोर्डका नवनियुक्त अध्यक्ष हमाललाई शपथ ग्रहण गराएका हुन् ।

सपथ ग्रहणको क्रममा अर्थमन्त्री शर्माले पूँजी बजारलाई सुधारका लागि कसैको प्रभावमा नपरी स्वतन्त्र भएर काम गर्न हमालसँग आग्रह गरे ।

‘पूँजीबजार सुधारका लागि धेरै बाँकी कामहरू रहेछन्’, मन्त्री शर्माले भने, ‘तपाईं यसमा कसैको प्रभावमा नपरी काम गर्नुहुनेछ भन्ने विश्वास लिएको छु ।’

उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यसका लागि अध्यक्ष हमालप्रति सफलताको शुभकामना पनि उनले व्यक्त गरे ।

नवनियुक्त अध्यक्ष हमालले आफू सेबोन र पूँजी बजारको सुधारका लागि आफ्नो कार्यकुशलता पूर्ण रूपमा प्रयोग गर्ने बताए । त्यसमा सबैको साथ र सहयोग आवश्यक हुने भन्दै निरन्तर सहयोग गर्न आग्रह समेत गरे ।

निवर्तमान अध्यक्ष भिष्मराज ढुंगाना सेयर खरिद प्रकरणमा मुछिएपछि पदमुक्त भएसँगै बोर्डको अध्यक्षमा हमाललाई नियुक्त गरिएको हो ।

हमाललाई योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलको संयोजकत्वमा रहेको छनोट समितिले सेबोन अध्यक्षमा सोमबार सिफारिस गरेको थियो । सोही सिफारिसअनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्षमा नियुक्त गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?