
११ फागुन, काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खान मिडियाको केन्द्रमा छन् । गत वर्ष ‘ड्रग्सको मुद्दा’मा एक महिना प्रहरी हिरासतमा बसेपछि आर्यन मिडिया र दर्शकको केन्द्रमा परेका हुन् ।
आर्यनका पछिल्लो समय सार्वजनिक केही तस्वीरले पनि दर्शकको मन जितिरहेको छ । आर्यनलाई चलचित्रको पर्दामा देख्न चाहनेहरुको संख्या पनि ठूलो छ ।
तर आर्यनले कला क्षेत्रमा डेब्यु भने अभिनयबाट नगर्ने भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आर्यनले एक वेब सिरिजका लागि कथा लेख्ने काम गरिरहेका छन् । अर्थात्, उनी स्क्रिप्ट राइटरको रुपमा डेब्यु गर्ने तयारीमा छन् ।
सन् २०२० मा आर्यनले क्यालिफोर्नियाको विश्वविद्यालयबाट आफ्नो पढाइ पूरा गरेका थिए । उनले फाइन आर्ट्स, सिनेम्याटिक आर्ट्स, फिल्म एण्ड टेलिभिजन प्रोडक्सनमा ब्याचलर गरेका छन् । अब आर्यन आफ्नो पढाइलाई कामको रुपमा देखाउनका लागि तयार छन् ।
आर्यनले वेब सिरिज र एक चलचित्रका लागि काम गरिरहेका छन् । यी दुवैको प्रोडक्सन उनका पिता शाहरुख खानको कम्पनी ‘रेड चिल्ली इन्टरटेन्मेन्ट’ले गर्नेछ ।
आर्यनले आफ्नो वेब सिरिजमा एक जिद्दी फ्यानको कहानी देखाउने तयारी गरेका छन् । उनी यो प्रोजेक्टका लागि स्क्रिप्ट राइटर बिबाल सिद्दिकीको साथमा काम गरिरहेका छन् ।
प्रतिक्रिया 4