
फाइल तस्वीर
११ फागुन, सप्तरी । सप्तरीमा करेन्ट लागेर बुधबार साँझ एकजनाको मृत्यु भएको छ ।
डाक्नेश्वरी नगरपालिका वडा न्म्बर ९ पत्थरगाडा निवासी ४२ वर्षीय महादेव साहको घरेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
पेखरीबाट मोटर जडान गरी नयाँ घरमा पानी पटाउने क्रममा अचानक करेन्ट लागेर सिकिस्त भएका उनलाई उपचारका लागि राजविराज ल्याइएको थियो ।
उनलाई ल्याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवम् डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4