
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमसीसीको विरोध गर्नेलाई सरकार छाड्न चेतावनी दिएका छन् ।
माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताहरूले एमसीसीविरुद्ध प्रदर्शन जारी राखेपछि महामन्त्री शर्माले सरकारमा रहँदा मर्यादा पालना गर्नुपर्ने बताएका छन् ।
सामाजिक सन्जालमा शर्माले लेखेका छन्, ‘कि भनौं गठबन्धनमा छौं, सरकारमा छैनौं कि सरकारमा रहँदाको मर्यादा पालन गरौं ।’ सरकारको प्रस्तावविरुद्ध सरकारकै मन्त्रीले असहयोग गरेको पनि उनले बताएका छन् ।
केपी ओली नेतृत्वको सरकारले संसदमा दर्ता गरेको एमसीसी प्रस्ताव कांग्रेस नेतृत्वको सरकारले अघि बढाउँदा ओलीको नैतिक जवाफदेहीता खोजिने पनि उनले उल्लेख गरेका छन् ।
सडकमा Mcc को विरोध गरिरहेको युवाको कुनै दोष छैन l दोषी त ति द्वैध चरीत्र भएका नेताहरू हुन् जो बालुवाटारमा एउटा कुरा गर्छन् बानेश्वरमा अर्को !
अब टुंगो गरौं, क्षणिक लोकप्रियता रोज्ने कि दीर्घकालीन लोकहित ? आवेग र उग्रताले रास्ट्रहरु समृद्ध बनेका छन् कि `जिम्मेवार रास्ट्रवाद´ ले ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) February 24, 2022
प्रतिक्रिया 4