+
+

सञ्जय स्मृति प्रतिष्ठानले पाल्पामा महिला बीच भलिबल गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १२:५६

१५ फागुन, काठमाडौं । सञ्जय स्मृति प्रतिष्ठानले पाल्पामा राष्ट्रियस्तरको महिला बीच भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । सात प्रदेश र ३ विभागीय टोलीको सहभागिता रहने प्रतियोगिता चैत २४ देखि ३ दिनसम्म सञ्चालन हुनेछ ।

प्रतिष्ठानले खेलकुद र पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले पाल्पाको रानीमहल परिसरमा राष्ट्रियस्तरको प्रतियोगिता आयोजना गर्न लागेको हो । भलिबलको एउटा आधिकारिक विधा भए पनि बीच भलिबल नेपालमा निकै कम खेलिनेमध्ये पर्छ । २०१९ मा दक्षिण एसियाली खेलकुदका क्रममा प्रतियोगिता आयोजना भएयता बीच भलिबलको कुनै पनि प्रतियोगिता भएका छैनन् । यो प्रतियोगितालाई नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ ।

प्रतियोगिताको विजेताले १ लाख, उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतिष्ठानका अध्यक्ष निरोज मास्केले सहभागी सबै टोलीलाई यातायात, जर्सी र अन्य खेलसामग्री आयोजकले नै उपलब्ध गराउने बताए । प्रतियोगितामा तीस लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?