+
+

रुसलाई राष्ट्रिय झण्डाबिना खेल्न फिफाको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १४:०३

१६ फागुन, काठमाडौं । रुसले अब अन्तर्राष्ट्रिय फुटबल खेल्दा राष्ट्रको नाम प्रयोग गर्न नपाउने भएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानबिना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएको छ ।

रुसले अब कुनै अन्तर्राष्ट्रिय पुटबल खेल्दा रुसको सट्टा फुटबल युनियन अफ रुस (आरएफयु) को नामबाट खेल्नुपर्ने फिफाले निर्देशन दिएको हो ।

यस्तै, उक्त टिमले सहभागिता जनाउने कुनै पनि खेलमा रुसको राष्ट्रिय झण्डा र राष्ट्र गानसमेत प्रयोग गर्न पाइने छैन । पछिल्लो समय रुसले युक्रेनमा आक्रमण गरेपछि यसको असर विश्व खेलकुदमा समेत देखिन थालेको छ ।

त्यसमा पनि फुटबलमा धेरै असर देखिएको छ । अब कुनै पनि फुटबल प्रतियोगिता तत्काल रुसमा हुने छैन । यस्तै रुसले आफ्नो घरेलु खेलसमेत दर्शकबिना न्युट्रल भेन्युमा खेल्नुपर्ने पिफाले जनाएको छ ।

यस्तै, सेन्ट पिटर्सवर्गमा तय भएको युरोपियन च्याम्पियन्स फाइनल खेलसमेत फ्रान्सको पेरिसमा सारिएको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?