+
+

सर्लाहीबाट १० किलो गाँजासहित तीन भारतीय पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते ११:५१

१८ फागुन, जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषध गाँजासहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको बिहार सितामढी जिल्ला राजा प्रसोनी ग्राम पञ्चायत-१ बस्‍ने २३ वर्षीय साकिर, सोही ठाउँका वडा नम्बर ९ बस्ने ३५ वर्षीय नुर महमद राई र शिवहर ग्राम पञ्चायत सलिमपुर वडा-१३ बस्ने २० बर्षीय नसु आलम रहेका छन् ।

मलगंवा नगरपालिका-८ मा चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेको ना.२ ह १५६७ नम्बरको टेम्पोबाट १० किलो गाँजासहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?