
१८ फागुन, बाँके । डुडुवा गाउँपालिका-४ राप्ती पुल नजिकबाट एक थान अटोमेटिक पेस्तोल, सोको एक थान म्याग्जिन, नौ राउण्ड गोली, एक थान खुडा र दुई थान नोकसहित तीनजनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका-१८ कारकाँदोका २९ वर्षीय सुसान्त केसी, सोही उपमहानगरपालिका-१२ कोरियनपुर बस्ने २८ वर्षीय दिपेन्द्र अधिकारी र कैलाली लम्किचुहा नगरपालिका-३ बस्ने ३२ वर्षीय द्वारिका उपाध्याय छन् ।
उक्त स्थानमा गोली पड्किएजस्तो आवाज आएपछि ईलाका प्रहरी कार्यालय बनकट्टीबाट खटिएको प्रहरीले नेपालगंजबाट राप्ती नदीतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१-०२५ च ३०९७ नम्बरको गाडी जाँच गर्दा उक्त हातहतियार बरामद गरिएकफ प्रहरीले जनाएको छ ।
गाडीको सिट पछाडि झोलामा लुकाई राखिएको फेला परेपछि गाडीमा सवार उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रतिक्रिया 4