+
+

कम्युनिष्ट नेता कृष्णराज बर्मा आईसीयूमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १४:२५

१८ फागुन, काठमाडौं । कम्युनिष्ट नेता कृष्णराज बर्मा स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका छन् ।

छातीको समस्या देखिएपछि ह्याम्स अस्प्ताल भर्ना भएका उनलाई निमोनिया देखिएपछि आईसीयूमा राखेर उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् ।

उनको अक्सिजनको लेभल कम देखिएको छ भने फोक्सोमा पनि समस्या देखिएको छ । ९३ वर्षीय बर्मालाई १० दिन अगाडि नै छातीमा समस्या देखिएको थियो ।

२००७ सालको राणा विरोधी आन्दोलनमै सामेल कम्युनिष्ट नेता बर्मा २०४६ सालको जनआन्दोलनका एक प्रमुख नेता हुन् । उनी नेतृत्वको नेकपा पञ्चायत विरोधी आन्दोलनमा वाम घटकमा सामेल थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?